सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीमा एक नेपाली युवकको मृत्यु

२०७८ कार्तिक ९, १०:४३ खबर संवाददाता

काठमाडौं : साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ। सडक दुर्घटनामा परी रामेछाप नगरपालिका– २ देउरालीका युबराज क्याप्छकी मगरको ज्यान गएको हो।  साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए।

दाजुका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको सिलसिला त्यहाँ पुगेका एक रेस्टुरेन्टमा काम गरिरहेका थिए। भाइको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईदिन त्यहाँस्थित नेपाली दूतावास लगायत सम्बन्धिय निकायलाई दाजु मनहरी अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस