सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा महिला मृत फेला, एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ८, ०६:२८ खबर संवाददाता

धनगढीः डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्बीचौकी गाउँपालिका-३ की ४२ वर्षीया धौली बोहरा मृत अवस्थामा भेटिएकी हुन्। 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोहरा आफ्नै घर नजिकैको भिरालो जमिनमा मृत फेला परेकी थिईन्। कार्तिक ४ गते उनी मृत फेला परेकी हुन्। 

मृत बोहराको शव प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका बाले बोहरालाई पक्राउ गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस