राष्ट्र बैंकले गर्यो ३ बैंकलाई कारबाही
काठमाडौं: नेपाल राष्ट्र बैंकले तीन कमर्सीयल बैंकहरुलाई कारबाही गरेको छ। नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले हिमालय बैंकलाई पहिलोपटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ जरिवाना तिराएको छ भने नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ र प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना तिराएको छ।
वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले यी बैंकहरुलाई कारबाही गरेको हो।