सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो

२०७८ कार्तिक ८, ०२:५४ खबर संवाददाता

धनगढीः गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि  राजमार्ग सञ्चालनमा आएको हो। राजमार्ग अस्थायी रुपमा खुलेको हो। साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस