कांग्रेस नेता चन्द पहिरोपीडितको घरमा
बैतडी: नेपाली कांग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपीडितको घरमा पुगेका छन्। पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्नका लागि बैतडीका कांग्रेस नेता कार्यकर्ताहरु पीडितको घरघरमा पुगेका हुन्।
नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहेका चतुरबहादुर चन्द, जिल्ला सभापति नरेन्द्रसिंह थापा, उपसभापतिका उम्मेदवार रमेश पाण्डेय, सचिवका उम्मेदवारद्वय प्रेम चन्द र देवराज जोशी, सहसचिव पदका उम्मेदवार दशरथ सिंह चाँड,पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द,प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्ट, महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेन्द्र ऐर, शिवनाथका पार्टी सभापति हिरा चन्द, वडा नम्बर ४ का सभापति कृष्णबहादुर चन्द, वडा नम्बर ५ का सभापति रविन्द्र बहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो।
टोली आज शिवनाथ गाउँपालिका वडा नम्वर ३, ४, ५, ६ का पहिरोपीडितको घरमा पुगेको हो। भेटका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहेका चन्दले पिडितको लागि राहत तथा पुर्नस्थापनाको लागि सरकारसँग माग गर्ने बताए।
यसका साथै नेपाली कांग्रेस प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्टले शिवनाथ ४ मा का पहिरोपिडीत काली खत्रीको परिवारलाई व्यक्तिगत रुपमा पाँज हजार रुपैंया नगद सहयोग गरेका छन्। पहिरोले कालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। जिल्लाका अन्य स्थानका पहिरो पीडितको घरमा पुग्ने समेत कार्यक्रम रहेको जनाइएको छ। यही कात्तिक पहिलो साता आएको पहिरोमा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो भने र सुर्नया गाउँपालिका जना ५ की परुदेवी महराको मृत्यु भएको थियो। यसका साथै जिल्लाका अन्य ठाउँमा पनि बाढीपहिरोले क्षति पुगाएको छ।