सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा महिला मृत्यु प्रकरण: एक जना पक्राउ

२०७८ कार्तिक ७, १२:१० खबर संवाददाता

धनगढी: डोटीमा मृत फेला परेकी धौली बोहराको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतककै गाउँका एक पुरुषलाई सोधपुछका लागि पक्राउ गरिएको हो। घटनाको वास्तविक तथ्य थप अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीया बोहरा गत बिहिबार मृत भेटिएकी थिइन्। मृतक बोहरा एकल महिला हुन्।

कमेन्ट लोड गर्नुस