सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको चौरपाटीका ८ गाउँ पहिरोको जोखिममा

२०७८ कार्तिक ७, ११:५५ खबर संवाददाता

धनगढी : अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ का ९ गाउँ पहिरोको जोखिममा रहेका छन्। वडाका भटगाउँ, राउकोट, गुरीला, प्रमुल्ली, भुलगाउँ, खापदेऊ, राना गाउँ, जोली गाउँ र सोकट लगायतका गाउँमा जमिन भाँसिनाले बस्तीहरु जेखिममा परेको वडाअध्यक्ष नारायण साउँदले जानकारी दिए। 

३ दिनसम्म परेको अविरल वर्षाको कारण वडामा रहेका अधिकांश घरहरु चर्किएको अध्यक्ष साउँदले बताए। बस्तीको तलबाट बोसल्ली गाड बग्ने र त्यहीँ गाडले कटान गर्दा ९ गाउँ जोखिममा परेको बताइएको छ।  वडा नम्बर २ मा  ४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने पूरै बस्ती सार्नुपर्ने स्थानीय करन साँउदले बताए।

कमेन्ट लोड गर्नुस