सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रादेशिक महोत्सव हुने

२०७५ पुष ४, ०१:२५ खबर संवाददाता

डोटी-डोटीमा सुदूरपीश्चम प्रदेश स्तरीयक प्रादेशिक महोत्सव हुने भएको छ। मघ २५ गतेदेखि फागुन ५ गतेसम्म दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सब हुने भएको हो। कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्बाधार, सुदूरपश्चिम बिकासको मूल आधार भन्ने मूल नाराका साथ आयोजना हुन लागिएको महोत्सबले उद्यम ब्यबयास क्षेत्रमा नया प्रविधि सम्वन्धी जानकारी गराउने, स्थानीय उत्पादनको बाजारीकरणमा सहयोग पुगाउने, सदूरपश्चिमको पर्यटकीय  सम्ंभावना बोकेका धार्मिक प्राकृतिक ऐतिहासिक सांस्कृतिक क्षेत्रको प्रचार प्रसार गर्ने र सुदुरपश्चिमको कला संस्कृतिको संरक्षण सम्बर्धन गर्ने उद्योग बाणिज्य संघ डोटीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

महोत्सबमा  हस्तकाला प्रदर्शनी, लघु तथा घरेलु उद्योग प्रविधि सम्बन्धी प्रर्दशनि, स्थानीय प्रतिभाको पहिचान तथा प्रबद्र्धन, रमाइलो मेला तथा बाल उद्यान, कृषि प्रदशनी, सेती नदीमा र्याप्टिङ र पÞmोटो प्रदशनी लगायतका गतिबिधि हुने आयोजक उद्योग वाणिज्य संघ डोटीका महासचिव दिपक वहादुर खड्काले बताए। 

कमेन्ट लोड गर्नुस