सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्युत र टेलिफोन सेवा सुचारु

२०७८ कार्तिक ६, ०६:५० खबर संवाददाता

धनगढीः अछाममा विद्युत र टेलिफोन सेवा सुचारु भएको छ। तीन दिनको वर्षापछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो। बर्सातपछिको बाढीपहिरोका कारण विद्युतको राष्ट्रिय प्रशारण लाइन बन्द भएको थियो।  

विद्युत र टेलिफोन सेवा सुचारु भएसँगै जनजीवन सहज भएको छ। जिल्लामा विद्युत र टेलिफोन नभएका कारण एफएम रेडियोहरु र पत्रपत्रिकहरुको प्रकाशन समेत बन्द भएको थियो।
 

कमेन्ट लोड गर्नुस