सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा महिला मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ६, ०२:२५ खबर संवाददाता

धनगढीः डोटीमा एक महिला मृत भेटिएकी छन्। पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीया धौली बोहरा मृत फेला परेको प्रहरीले जनाएको छ।

घर जजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। शव बिहिबार दिउँसो भेटिएको थियो। तर, उनको शव शुक्रबार साँझ मात्रै जिल्ला अस्पताल पु¥याइएको थियो। शनिबार पोष्टमार्टमपश्चात शव दाहसंस्कारका लागि लगिएको छ।

घटनास्थलमा भीरबाट लडेको देखिएको तर मृत्युको कारण प्रहरीको अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीको भनाई छ। मृतक बोहरा एकल महिला हुन्। उनका एक छोरा र एक छोरी छन्। छोरा रोजगारीका लागि भारतमा छन्।

कमेन्ट लोड गर्नुस