सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपाली भाषाको रेडियो सञ्चालनमा

२०७८ कार्तिक ५, १२:४३ खबर संवाददाता

धनगढी: भारतको देहरादुनमा नेपाली भाषाको रेडियो सञ्चालनमा आएको छ। गोर्खाली सामुदायिक रेडियो स्टेशन ‘घामछाया’ ९० मेगाहर्ज बुधबारबाट सञ्चालनमा आएको हो। घामछाया प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म प्रशारण हुनेछ।

रेडियोको स्थापना पत्रकार तथा लेखक मधु गुरुङले गरेकी हुन्। नेपाली भाषा, संस्कृति, सम्पदा, इतिहास, पुराना लोक गीत र गोर्खालीहरुको गीत संरक्षण गर्ने उदेश्यले एफएम रेडियो सञ्चालनमा ल्याइएको गुरुङले बताइन्। रेडियोको कार्यालय देहरादुनस्थित गोर्खाली सुधारसभा गढी क्यान्टमा राखिएको छ।


 

कमेन्ट लोड गर्नुस