सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रधानमन्त्रीले भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’

२०७८ कार्तिक ५, ०८:०१ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब ५ बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा पुगे। करिब १० मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे।

देशभरमै भयानक पीडा भएको बताउदै देउवाले क्षतिको विवरण संकलन गरेपछि मूल्यांकन गरि राहत र क्षतिपूर्ति दिने बताए। सोही क्रममा मञ्चको अगाडि बसेका एक युवालाई प्रधानमन्त्री देउवा त्यतिमै भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस्।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसेका थिए।

उक्त भिडियो सार्वजनिक भएपछि देउवाले बाढी पीडितलाई हप्काएको भन्दै आलोचना भइरहेको छ। कार्यक्रममा सहभागी काँग्रेसका एक नेताका अनुसार प्रधानमन्त्रीले पीडितलाई भने हप्काएका होइनन। उनका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला माइक नजिक पुगेर मिडियाकमीृलाई धकेल्न खोजेका व्यक्तिलाई धेरै नबोल्न आग्रह गरेका हुन्। 

सो कार्यक्रमपछि प्रधानमन्त्री देउवा धनगढी आए। आज काठमाडौं फर्किने कार्यक्रम छ।

कमेन्ट लोड गर्नुस