सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ढुंगाले लागेर महिलाको मृत्यु

२०७८ कार्तिक ४, ०६:२३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा भिर खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बिहीबार दिउँसो घर नजिकै काम गरिरहेको बेला माथि भिरबाट एक्कसी खसेको ढुंगाले लागेर खड्का गम्भीर घाइते भएकी थिइन्। घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
 

कमेन्ट लोड गर्नुस