धनगढीको निसर्ग अस्पताले विपद् प्रभावितकाे निशुल्क चेकजाँच र वेड भर्ना गर्ने
२०७८ कार्तिक ४, ०३:२२
धनगढी : धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विपद् प्रभावितहरुलाई निशुल्क चेकजाँच र वेड भर्ना गर्ने भएको छ। स्वास्थ्य चेकजाँच र वेड भर्नामा निशुल्क गर्नुका साथै अन्य उपचार र परीक्षणमा पनि छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए।
सम्बन्धित पालिका वा वडा कार्यालयको सिफारिसको आधारमा सहुलियत प्रदान गरिने अध्यक्ष पन्तले बताए।
कमेन्ट लोड गर्नुस