डडेल्धुरामा अवरुद्ध टेलिफोन सेवा ४ दिनपछि सुचारु
धनगढी: डडेल्धुरामा अवरुद्ध टेलिफोन सुचारु भएको छ। वर्षाका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा ४ दिनपछि सुचारु भएको हो।
कैलालीको चुरे गाउँपालिका खानीडाँडा नजिक १३२ केभि लाईनमाथि रुख ढल्दा विद्युतलाईनको तार चुँडालिएर सेवा अवरुद्ध भएको थियो। अवरुद्ध सेवा बिहीबार दिउँसोबाट सुचारु भएको डडेल्धुरा वितरण केन्द्रले जनाएको छ। ओपिजी डब्लुमार्फत डडेल्धुरा, डोटी र दार्चूलाको गोकुलेसम्म फोन सेवा सुचारु भएको र अन्य पहाडी जिल्लाहरुमा विद्युत सुचारु हुन अझै समय लाग्ने बताइएको छ।