सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गको १०० मिटर सडक भाँसियो

२०७८ कार्तिक ४, १२:१६ खबर संवाददाता

धनगढी: आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा पहाडी जिल्ला जोड्ने विभिन्न राजमार्ग अवरुद्ध भएको छ। जस अन्र्तगत डडेल्धुरा–डाटी जोड्ने केआई सिंह राजमार्ग पनि अवरुद्ध बनेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवाखोला र गजरौलाको बीच भागमा करिब १ सय मिटर सडक भाँसिएर राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ। बुधबार उक्त स्थानमा डोजरले समेत काम गर्न नसकेर फिर्ता भएको थियो।

तर आज(बिहीबार) पुनः उक्त स्थानमा डोजर लगाएर बाटो खोल्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। 

कमेन्ट लोड गर्नुस