कञ्चनपुरमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु
धनगढी : कञ्चनपुरमा अटोले ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ। कञ्चनपुरको ब्रम्मदेव देखि महेन्द्रनगर तर्फ गइरहेको म १ ह १२७९ नम्बरको अटोले भिमदत्त नगरपालिका ३ की हर्कमति देबिलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
उनको खुट्टामा चोट लागेको र महाकाली अस्पतालमा उपचार पछि उनलाई घर पठाइएको केहि समयमा उनको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो चालक भिमदत्त नगरपालिका ३ का मोहन साउँद र अटो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।