सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागी हुँदा लाखौको क्षती

२०७५ पुष ३, ११:५८ नरेन्द्र कार्की

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका ४ पुलघाट (घाँटबजार) मा रहेको पदमसिह बडालको फेन्सी पसलमा सोमबार राती आगलागी भएको छ। पसल बन्द गरेको बेला बडाल कम्प्लेक्समा भएको आगलागीबाट लाखौँ मूल्य बराबरको समान जलेर क्षति भएको प्रहरीको अनुमान छ। पुलघाट प्रहरी पोष्ट, खलंगा छोटी भन्सार कार्यालय, आइएमइ नजिकै रहेको फेन्सी पसलमा राती आगलागी भएको हो। पसलमा आगलागि भएको जानकारी पाउने बित्तिकै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना, स्थानीयलगायतले महाकाली नदीबाट पानी बोकेर एक घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आगलागी भएको समयमै जानकारी प्राप्त भएकोले पसलसँगै जोडिएका अन्य पसलहरुमा आगलागी हुन पाएन्। आगलागीको विजुलीको तार सर्ट भएर हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट के कति क्षति भयो भनेर एकिन विवरण अझै तयार हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले बताए। यसअघि २०७० सालमा आएको महाकाली बाढीले समेत बडालको घर बगाएर लाखौको क्षती भएको थियो। आगलागी हुँदा जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकाको दमकल प्रयोग हुन सकेन् । आगलागी नियन्त्रणको लागि भन्दै नगरपालिकाले खरिद गरेको बारुण यन्त्र दमकल भएपनि प्रयोगविहीन अवस्थामा छ। अव्यवस्थित बजारमा, दमकल लैजानसक्ने बाटो र चालक समेत नहुँदा स्थानीयले बाल्टीमा पानी बोकेरै आगो नियन्त्रणमा लिएका हुन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस