सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा १२० मा कोरोना सङ्क्रमण

२०७८ कार्तिक २, ०६:१९ रासस

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको हो। 

स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई÷दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई÷दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक÷एक र प्रदेश  बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस