सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३५ लाखको लगानीमा खुल्यो प्याराडाईज क्याफे

२०७८ कार्तिक २, ०५:१९ खबर संवाददाता

धनगढीः धनगढीमा प्याराडाईज क्याफे सञ्चालनमा आएको छ। धनगढीको एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे सञ्चालन गरिएको हो। अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा क्याफे सञ्चालन गरेको सुनिल यादवले बताए।

सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेलाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको उनले बताए। क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न खानाका परिकार पाइने बताइएको छ।

कमेन्ट लोड गर्नुस