घोडाघोडीको प्रचार–प्रसारका लागि महोत्सव
सुख्खड- विश्व रामसार सुचिमा सुचिकृत कैलाललिको पर्यटकिय क्षेत्र घोडाघोडीको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ। माघ १४ देखी २३ सम्म कैलालीको सुख्खडमा घोडाघोडी सहायता केन्द«ले आयोजना गर्न लागेको “घोडाघोडी पर्यटन, व्यापार तथा सास्कृतिक महोत्सव २०७५” को तयारी शुरु गरिएको हो। स्थानिय कला संस्कृति र व्यापार, घोडाघोडी क्षेत्रको पर्यटन प्रवद्धनका लागि महोत्सवको आयोजना गरिन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक होम आचार्यले बताए। दश दिनसम्म संचालन हुने महोत्सवले स्थानिय कला–सस्कृतिले स्थान पाउनुका साथै व्यापार तथा पर्यटन प्रवद्धनमा टेवा पुर्याउने आचार्यको दाबि छ।
महोत्सवको मुख्य आर्कषणका रुपमा वाल उधान, रमाइलो मेला, थारु गााउ, मगर गाँउका साथै एक सय भन्दा वढी व्यापारिक स्टल, स्थानिय तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिले बताएको छ। महोत्सव अवधिभर करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने तथा २ करोडभन्दा वढीको कारोवार हुने आयोजकले वताएको छ।