सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको हिमाली क्षेत्रमा हिमपात

२०७८ कार्तिक २, १०:५३ खबर संवाददाता

दार्चुला: आइतबार रातिदेखि दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। व्यास गाउँपालिका वडा नम्बर १ को तिकंर गाउँसहित लेकाली भेगमा सोमबार बिहानदेखि हिमपात भइरहेको प्रहरीले जनाएको छ। हिमपातले उच्च पहाडी डाडाकाडा ढाकीएका छन्।

जिल्लाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ। हिमपात भएसँगै तिकंरको जनजीवन कष्टकर बनेको छ।


 

कमेन्ट लोड गर्नुस