सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका युवकको मलेसियामा मृत्यु

२०७८ कार्तिक १, १२:५४ खबर संवाददाता

बैतडी: वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ। 

मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

कमेन्ट लोड गर्नुस