थारु युवतीहरुको लट्ठी नाच मोह
२०७५ पुष २, ०३:३४
थारु सांस्कृतिक रूपमा धनी समुदाय हो । मुलुकको पश्चिमदेखि पूर्वसम्मको समथर भूमिमा फैलिएर रहेको यो समुदायको लाठी नाच चर्चित छ । विभिन्न मेला, पर्व र उत्सवहरुमा थारुले यो नाच देखाउने गर्दछ । कतिपय स्थानमा पर्यटकका लागि पनि देखाउने गर्दछ । विभिन्न कार्यक्रममा पनि थारु समुदायको यो नाचलाई देखाउने गरिएको छ । कैलाली कञ्चनपुरका विभिन्न स्थानमा यो नाच वढी लोकप्रिय रहेको छ ।
कमेन्ट लोड गर्नुस