सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा कोल्ड स्टाईविलाईजेशन प्रविधिको वाईन उद्योग स्थापना

फलफुलमा आत्मनिर्भर बनाउँदै जुस उत्पादन गर्ने लक्ष्य

२०७५ पुष २, १२:३७ सीताराम ओझा

धनगढी– नेपालमै पहिलो पटक सुदुरपश्चिम प्रदेशमा कोल्ड स्टाईविलाईजेशन प्रविधिमा वाईन उद्योग स्थापना भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरीयामा वाईन तथा जुस उद्योग स्थापना भएको हो। फलफुलबाट वाईन तथा विभिन्न ब्राण्डका जुसहरुको उत्पादन गर्ने उद्योग स्थापना भएको हो। तीन महिनादेखि उमा ग्रुुप वाईनरी उद्योगले दुई ब्राण्डका चार प्रकारका वाईन उत्पादन सुरु गरेको छ। अहिले आवश्यक कच्चा पदार्थ अंगुर भारतको नासिकवाट ल्याईरहेको अवस्थामा केही बर्षभित्र सुदुरपश्चिम प्रदेशमै आवश्यक कच्चा पदार्थ उत्पादन गर्दै वाईन र जुस उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा २०७२ सालदेखि संरचना निर्माणको काम थालेकोमा उमा ग्रुप वाईनरी उद्योगले दुई ब्राण्डका चार प्रकारका वाईन गत असोज देखि उत्पादन सुरु गरेको हो। रोयल क्यासल र नाईन हिल ब्राण्डका रातो र सेतो गरी चार प्रकारका वाईनहरु बजारमा ल्याईएको हो। नेपालमै पहिलो पटक चार करोडको लगानीमा कोल्ड स्टाईविलाईजेशन प्रविधिबाट उत्पादन गरिएका वाईन बजारमा ल्याईएको द्योगका सञ्चालक जयवहादुर चन्दले बताए। ७० हजार उत्पादन क्षमता रहेको उद्योगले बर्षमा चार पटक अर्थात तीन तीन महिनामा उत्पादन गर्ने गरेको छ। जुस समेत उत्पादन गर्ने योजना रहेकोले जुस भने बाह्यै महिना उत्पादन गर्न सकिने छ। उद्योगले केराबाट पनि वाईन उत्पादनको तयारी थालेको छ । त्यसका लागि आवश्यक अनुसन्धान भईरहेको छ। हाल नेपालमा बर्षमा अर्बौको जुस विदेशबाट आयात भईरहेको छ । नेपालमै बन्ने जुस पनि विदेशबाट पेलिएर आएर प्रशोधन गरेर नेपाली उद्योगले बजारमा पठाईरहेका छन्। तर यो उद्योगले आवश्यक कच्चा पदार्थदेखि प्रशोधन गरेर सुरुवातकै चरणदेखि जुस उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि थप ४० लाखको मेसिन थपेमा जुस उत्पादन गर्न सकिने सञ्चालक चन्दको भनाई छ । 

अंगुरवाट उत्पादन भईरहेका वाईनहरुका लागि आवश्यक कच्चा पदार्थ भारतको नासिकबाट ल्याएर उत्पादन हुँदै आएको छ। तर सुदुरपश्चिमै आवश्यक कच्चा पदार्थ उत्पादन गरी भारतवाट आयात हुने अंगुर विस्थापित गर्ने लक्ष्य कम्पनीको रहेको छ। त्यसका लागि उद्योग रहकै स्थानमा ५ सय डग्रिस जातका जंगुरको खेती सुरु भईसकेको छ । त्यसबाट १० हजार विरुवा उत्पादन गर्दै खेती गरिनेछ । एक पटक रोपिएको अंगुरले २० बर्षसम्म उत्पादन दिने गरेको छ । त्यसैगरी पहाडी क्षेत्रमा पनि नास्पतिका ३ हजार र प्लमका १३ सय विरुवाको खेती थालनी भईसकेको उद्योगका सञ्चालक चन्दले जानकारी दिए। राष्ट्रिय वाणिज्य वैंकबाट सेवा निवृत भएपछि चन्दले उमा ग्रुप वाईनरी उद्योग स्थापना गरेका हुन्। फलफुलको खेती सुदुरपश्चिम प्रदेशमै गर्नका लागि प्राविधिकको भने अभाव रहेकोले प्राविधिक आवश्यक रहेको चन्द बताउँछन्। स्थानीय तह र प्रदेश सरकारले अनुदान लिन पटक पटक आग्रह गरे पनि आफुलाई अनुदानभन्दा पनि प्राविधिक नै पहिलो प्राथमिकता रहेको चन्दको भनाई छ। प्राविधिकलाई केही समय अंगुरको व्यवसायिक खेती हुने स्थानमा पठाएर फलफुलको बिज्ञ उत्पादन गर्न सकेमा यसले राहत हुने र त्यसका लागि आफु पनि लगानी गर्ने उनले बताए। 

   
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस