सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंगोमा नेपाली सेनाको फौज फेरियो

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २९, १०:४८ खबर संवाददाता

काठमाडौं:  शान्ति स्थापनार्थ कंगो खटिने नेपाली सेनाको फौज फेरवदल भएको छ। प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा ३५ जनाको नफ्री कंगो प्रस्थान गरेको हो। 

 कतार एयरको जहाजबाट बिहीबार राती पहिलो डफ्फा त्यस तर्फ गएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेनाले फौज अदली बदली गर्दा  सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरु पालाना गरेको जनाएको छ। 

संयुक्त राष्ट्रसंघको आव्हानमा नेपाली सेनाले विभिन्न द्धन्दग्रस्त मुलुकहरुमा फौज  पठाउँदै आएको छ। राष्ट्रसंघले शान्ति स्थानार्थ द्धन्दग्रस्त मुलुकहरुमा नेपाली सेनाले खेलेको भुमिकाको उच्च सम्मान गर्दै आएको छ।  

कमेन्ट लोड गर्नुस