सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यातायात व्यवसायीको मनपरी, तीन गुणा भाडा असुली भइरहेको गुनासो

२०७८ असोज २६, ०८:०१ विन्दु चन्द

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाकी लक्ष्मी भण्डारी आइतबार विहान बैतडी जान अत्तरिया बसपार्क पुगिन्। दसैँ मनाउन घर गइरहेकी उनी दुई नाबालकसहित गाडी खोजिरहेकी थिइन्। तर अधिकांशले उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।

अत्तरियादेखि बैतडीको खोचलेक जानका लागि ८ सय भाडा दर कायम छ। तर लक्ष्मीबाट भने गोकुलेश्वरसम्मको भाडा तिर्नुपर्ने भन्दै यातायात व्यवसायीले २ हजार मागिरहेका थिए। `दुई सानो बच्चा छन्, त्यति पैँसा पनि छैन्। पहिले त ६ सयमा घर पुग्थे। अहिले दुई हजार भन्दै छन्,´उनले भनिन्।

यस्तै डडेल्धुराका चुडामणी भण्डारी पनि काठमाडौँबाट घर फर्किरहेका थिए। काठमाडौबाट २२ सय भाडा तिरेर उनी अत्तरिया पुगेका थिए। अत्तरियादेखि डडेल्धुरा पुग्न थप दुई हजार भाडा तिर्न बाध्य भएको उनको गुनासो छ। भाडा बढी असुलेर पनि चालकहरुले व्यवहार नराम्रो गरिरहेको उनको भनाई छ। क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखीम बढेको उनी बताउँछन्। उनी भन्छन्,`मनपरि ढगंले भाडा असुली गरिरहेका छन्। त्यसमाथी चालकहरुले यात्रुहरुसंग गर्ने व्यवहार राम्रो छैन। झन सिट क्षमताभन्दा बढी यात्रु हाल्ने गरिरहेका छन्।´ सम्बन्धित निकाय मुकदर्शक बनेको उनको आरोप छ।

अहिले बस मात्र नभएर हाइस, विगंर जीपहरुमा पनि यात्रुको चाप छ। साना गाडीहरुले त झन चार गुणा बढी भाडा लिइरहेको यात्रुहरुको आरोप छ। तर सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा भने भाडामा एकरुपता रहेको बताउँछन्। भाडामा कुनै तलमाथि नगरेको बताउदै उनले तोकेकै भाडामा यात्रु बोकीरहेको दाबी गरे।

केही यातायात प्रालिले बदमासी गरेको हुनसक्ने सापकोटाले बताए। सुदूरपश्चिमका विभिन्न जिल्ला जाने यात्रुको सहजताका लागि सवारी साधनको पर्याप्त मात्रामा व्यवस्था गरेको उनी बताउँछन्। चर्को भाडा असुली भइरहदा पनि यात्रुलाई बिचमै अलपत्र पारेका घटना पनि सार्वजनिक हुन थालेका छन्। आइतबार मात्रै १३ जना यात्रुलाई रिभर साइड यतायातले अत्तरियामा अलपत्र छाडेको थियो।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस