सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जनाको ग्वाटेमालाबाट उद्धार

२०७८ असोज २४, ०८:२६ खबर संवाददाता

काठमाण्डौ– जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जना आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ।

सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १ सय २६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको हो। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको बीबीसीले जनाएको छ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्याउनका लागि रकम असुलेका मानव तस्करले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको अनुमान छ। १ सय २६ मध्ये सयभन्दा बढी हाइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेका खबरमा उल्लेख छ।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिकातर्फ अघि बढेको बताएका छन्। उनीहरूलाई होन्डुरसको सीमामा पुर्याएर त्यहाँका निकायलाई जिम्मा लगाउने तयारी छ।
 

कमेन्ट लोड गर्नुस