सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप ११ जनाको ज्यान गयो

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २३, ०६:४० खबर संवाददाता

काठमाडौंः आज मुलुकभर गत २४ घण्टामा ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार १ सय ६७ जनामा पीसीआर तथा ५ हजार ८ सय ६३ जनामा एन्टिजेन गरी १२ हजार ३१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, सोही अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ। यसबीचमा ८ सय ९९ जना भने संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये ३ सय १७ जनाको आइसीयु र १ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस