सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाका दूतले भारतीय विदेशमन्त्रीसँग गरे सीमा मुद्दा र तुइन काटेको विषयमा छलफल

२०७८ असोज २३, ०६:१४ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूत बनेर गएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतसँग सीमा मुद्दा र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा छलफल गरको छ। 

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँदिल्ली गएको महत नेतृत्वको टोलीले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो। उक्त भेटमा सिद्धान्त सिवालसँग कुराकानी गर्दै डा. महतले सीमा मुद्दा र तुइनको विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यम आयोन न्यूजले उल्लेख गरेको छ। 

सञ्चार माध्यमका अनुसार डा महतले निकै महत्वपूर्ण मुद्दा सीमाको विषय, महाकालीमा तुइन तरिरहेको नेपाली महाकाली नदीमा खसेको विषय लगायतका विषयमा कुराकानी गरेका छन्।  जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले ती विषयलाई सकारात्मक रुपमा लिएको र नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको महतले बताएका छन्। 

नेपालको तर्फबाट कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा पूर्व राज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चतुर्वेदी टोलीमा छन्। 

कमेन्ट लोड गर्नुस