सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी २२ वर्षीया शाही बनिन् कांग्रेसको महाधिवेशन प्रतिनिधि*

२०७८ असोज २३, १०:०५ खबर संवाददाता

धनगढी: यसपालि नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा युवा नेताहरुको आकर्षण बढ्दै गइरहेको छ। पुरानो पुस्ताले राजनीतिक रुपमा खासै उपलब्धी गर्न नसेको भन्दै वडा तह देखि नै युवाहरुले नेतृत्व लिइरहेका छन्।

बाजुरामा पनि युवाहरुले निर्वाचन जितेका छन्। बाजुराबाट महाधिवेशन प्रतिनिधिको रुपमा २२ वर्षीया रिता शाही बिजयी भएकी छिन्। सामाजिक अभियान्ताको रुपमा परिचय बनाएकी शाहीले अत्यधिक ६०२ मतसहित पहिलो नम्बरमा खसआर्य कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्।

नर्स पढेकी शाही राजनीतिमार्फत गाउँ, समाज र देश बदल्ने सोच लिएर राजनीतिमा आएको बताउँछिन्।  साहित्यक र संगीतमा समेत रुची राख्ने शाहीको तीता मिठा नामक गजल संग्रहका साथै ६ वटा सांगितिक एल्बम समेत बजारमा आइसकेका छन्। 

*यसअघि देशकै कान्छो महाधिवेशन प्रतिनिधि भनिएकोमा सच्चाइएको छ। 

कमेन्ट लोड गर्नुस