सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश–१ मा १२६ जनामा कोरोना सङ्क्रमण

२०७८ असोज २१, १०:४६ रासस

विराटनगर: पछिल्लो समयमा  प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा देखिएको छ। विगत २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ गरी कूल १२६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा पाँच, इलाममा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै १४४ जना महिलासहित २६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस