अपाङ्गता भएका व्यक्तिलाई घरमै खोप
धनगढीः धनगढीमा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप दिइएको छ। ओर्डरेड, लुथरन विश्व फेडरेसन, नेपाल दिगो विकास समाज, भजनी र सर्वाङ्गीण अपांगता बिकास समाज नेपालको साझेदारीमा खोप लगाइएको हो। खोप लगाउदा पूर्ण अशक्त र अति अशक्त अपांगलाई बेवास्ता गरेपछि घर दैलोमा पुगेर खोप लगाइएको सर्वाङ्गीण अपांगता बिकास समाज नेपालका निर्देशक नन्दराज भट्टले बताए।
अपाङ्गता भएका व्यक्तिहरुलाई मानव सेवा आश्रम, दृष्टि फाउण्डेसन, धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका १ सय ४८ जनाको घरमै गएर खोप दिएको जनाइएको छ। उपमहानगरका अन्य वडामा रहेका थप २ सय व्यक्तिलाई खोप दिने योजना रहेको भट्टले बताए। खोप अभियानको सुरुवात धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्ट र उपमहानगरका कोरोना सम्पर्क व्यक्ति लक्ष्मीराज उपाध्यायले गरेको भट्टले दिनेशखबरलाई बताए।