सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी पूजाले २५ लाखको लगानीमा सुरु गरिन् लेडिज र जेन्स सैलुन

२०७८ असोज २१, ०३:५२ विन्दु चन्द

धनगढीः धनगढीकी पूजा कुँवर थापाले श्री हेयर एण्ड ब्यूटी फ्याम्ली सैलुन सञ्चालनमा ल्याएकी छन्। उनले धनगढीको ट्राफिक चौराहमा लेडिज र जेन्सका लागि सुविधा सम्पन्न हेयर एण्ड ब्यूटी सैलुन सेन्टर सञ्चालनमा ल्याएकी हुन्।

 लामो समयदेखि पार्लर व्यवसाय गर्दै आएकी उनले नयाँ बिचारका साथ नयाँ व्यवसाय सुरु गरेको बताएकी छिन्। ब्यूटी पार्लरको यवसाय गर्दै आएकी उनले अहिले लेडिज र जेन्सका लागि सैलुन व्यवसाय सुरु बताइन्। ‘महिला भएको ठाउँमा जेन्स अप्ठ्यारो मान्ने, पुरुष भएको ठाउँमा महिलाहरु अप्ठ्यारो मान्ने हुँदा महिला पुरुष दुवका लागि यो सैलुन सञ्चालनमा ल्याएकी हुँ’  उनले भनिन्। 

१२ वर्ष जती उनले धनगढीमै ब्यूटी पार्लरको व्यवसाय गरिन्। त्यसपछि उनी व्यवसायकै लागि काठमाडौं गइन्। ३ वर्र्ष काठमाडौंमा व्यवसाय गरेर फेरि आफ्नै ठाउँमा नयाँ तरिकाले व्यवसाय गर्ने भन्दै धनगढी फर्किएको उनी बताउँछिन्। 
‘काठमाडौंको पार्लरमा काम गर्दागर्दै नयाँ सोच आयो। त्यहाँबाट व्यवसाय कसरी गर्ने भनेर पाठ सिकेँ। नयाँ तरिकाले आफ्नै ठाउँमा गएर व्यवसाय गरु भनेर यता आए। अनि लेडिज र जेन्स दुवैका लागि यो सैलुन खोले’ उनले भनिन्। 

सुरुमा उनले पार्लर सिकिन। त्यसपछि ३ वर्षसम्म पार्लरमा काम गरिन्। अब आफ्नै पार्लर खोल्नु पर्छ भनेर उनले पार्लर खोल्ने योजना बनाइन्। ‘परिवारको सहयोगमा एक जनाको पार्लर किने। पहिले खास्सै नचल्दो रहेछ’ उनले भनिन्, ‘सबैले किन किनिस चल्दैन भनेर भन्थे। धेरै मेहनत गरे।  अहिले सबैले राम्रो नै भनिरहेका छन्।’

आफ्नो मेहनत र आम्दानी देखेपछि अहिले परिवारका सबै सदस्यबाट राम्रो उत्प्रेरणा पाएरहेको पूजाले बताइन्।  उनले सैलुन सम्बन्धी पूर्ण अनुभवी भारतीय कर्मचारीहरु राखेकी छन्। एक पुरुष र ५ महिला गरी अहिले उनले ५ जना कर्मचारी भारतबाटै ल्याएको उनले बताइन्। 

उनले यतै पार्लर सिकेका र सिक्न चाहनेहरुलाई समेत अवसर दिने बताइन्। ‘पार्लर सिकेर खाली बसेका छन् भने वा सीप भएर पनि काम खोजिरहेका छन् भने यता आउँदा हुन्छ। हामी आफ्नै ठाउँका व्यक्तिहरुलाई रोजगार दिन्छौँ’ उनले भनिन्। 

उक्त सैलुनमा लेडिज एण्ड जेन्स सेवाग्राहीलाई भारतबाट राम्रो अनुभवी भएका सौन्दर्यकर्मीबाट अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, मसाज, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको संचालक पुजा कुँवर थापाले बताइन्। आफ्नो पार्लर अत्याधुनिक प्रविधिसहितको गुणस्तरयुक्त, सेवामूलक र सम्पूर्ण सुविधा सम्पन्न भएको थापाले बताइन्। उनले  ब्यूटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत आयोजना गर्ने बताइन्। विवाह तथा अन्य सौन्दर्य सम्बन्धीका लागि विशेष प्याकेज रहेको पनि जानकारी दिइन्।

पूजा कुँवर थापा मिसेज् ब्यूटीफुल नेपाल २०१८ को प्रतियोगिताको सेकेन्ड रनरअफ विजेता पनि हुन्। 

२५ लाख बढीको लगानीमा सञ्चालनमा ल्याइएको उक्त सैलुनको बिहीबार बिहान एक कार्यक्रकाबीच उद्घाटन् गरिएको छ।  उक्त सैलुनको धनगढी उपमहानगरपालकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका हुन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस