सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ४५ लाखको लगानीमा खुल्यो स्टार क्याफे

२०७८ असोज २१, ०१:५४ खबर संवाददाता

धनगढीः धनगढीमा ४५ लाखको लागतमा स्टार क्याफे सञ्चालनमा आएको छ।

उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीमा सुवास शाहीले क्याफे सञ्चालनमा ल्याएका हुन्। सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले क्याफेको उद्धघाटन गरे। होटल रुवस जाने सडकमा रहेको उक्त क्याफेमा कालिज तथा लोकल कुखुराको मासुका परिकार, खाजा–नास्ता पाइनेछ।

अर्गानिक खाद्य सामाग्रीको पसल सञ्चालन गर्दै आएका शाहीले क्याफे पनि सञ्चालनमा ल्याएका हुन्। उनी होटल क्षेत्रमा नै लामो समयदेखि काम गर्दै आएका थिए। क्याफेमा अर्गानिक परिकारसमेत पाउने बताइएको छ। क्याबिन सहितको क्याफेमा ५० जनाको सिट क्षमता रहेको र हल पनि निर्माणको चरणमा रहेको उनले बताए।

कमेन्ट लोड गर्नुस