सुदूर नेपाललाई विश्वसँग जोड्दै

आम्दानीको स्रोत बन्दै कृत्रिम जलाशय

। फोटो स्रोत ।
२०७५ मंसिर २७, ०१:५०

कुनै समय एक गाग्रो पानी ल्याउन र गाईभँैसीलाई पानी खुवाउन एक घण्टा परको कटुवाखोलासम्म पुग्नुपर्ने बाध्यता अहिले घोराही–१७ का बासिन्दालाई हटेको छ। करीब सात वर्ष पहिले गाउँमा पानीको खडेरी परेपछि उनीहरूले तत्कालीन घोराही नगरपालिकासँग पोखरी निर्माणका लागि माग गरे। नगरपालिकाले पनि केही रकम दियो। बस्तुभाउलाई पानी खुवाउनकै लागि भए पनि पोखरी निर्माण गरी आकाशे पानी जम्मा गर्ने उनीहरूको योजना थियो। सोही अनुरुप नरपालिकाको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट सानो पोखरी निर्माण भयो। घोराही–१७ आरोग्य टोल सुधार समितिका अध्यक्ष हिरामणि पोखरेलले भने, “गाउँमा पोखरी निर्माण गरेपछि बस्तुभाउलाई पानी खुवाउन मात्र होइन, सिँचाइ सुविधा पनि भयो।” सोही पोखरीलाई ठूलो बनाउने हामी सबैको योजना बमोजिम स्थानीय निकायसँग केही बजेट माग गरियो र पाइयो पनि। हरेक वर्ष केही न केही रकम पोखरीको स्तरवृद्धिका लागि उपलब्ध भएपछि र पोखरीलाई ठूलो जलाशयमा परिणत गर्न गाउँले जुटेकाले अहिले गाउँ बाह्रैमास हरियाली हुनपुगेको उनले बताए। 
अहिले पोखरीमा आफूहरूले माछापालन गरिरहेको र सोही पानीले बेमौसमी तरकारी खेती एवं वर्षात् र हिउँदमा रोपाइसमेत हुँदै आएको छ। यसैगरी घोराही–१८ को सालघारीमा रहेको जलाशयले पनि गाउँमा हरियाली ल्याएको छ। त्यतिमात्रै होइन, गाउँमा जलाशय बनेपछि ट्युवेल र कुवाको पानीसमेत सुक्न छाडेको स्थानीयवासी बताउँछन् । कटाहीमा रहेको अर्को जलाशयले पनि खेतीपातीमा निकै टेवा पु¥याइरहेको स्थानीयवासी छल्लु चौधरीले बताए। जलाशय निर्माण समितिका अध्यक्षसमेत रहनुभएका चौधरी जलाशयकै कारण पहिले आकाशे खेती गर्ने ४० बिघा जमीनमा सिँचाइ हुनथालेको उल्लेख गर्नुहुन्छ।रासस

कमेन्ट लोड गर्नुस