सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा एमालेले भन्योः देश लुट्न पाइँदैन, कालो धन चाहिँदैन

२०७८ असोज १९, ०१:४७ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ।

मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरे। सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ।

यो व्यवस्थाका कारण स्रोत नखुलेको सम्पत्तिले वैधता पाउने भन्दै एमालेले विरोध जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेरेर नाराबाजी गरेका थिए।
 

कमेन्ट लोड गर्नुस