सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ‘नाइट’ क्रिकेट प्रतियोगिता हुने

२०७८ असोज १९, ११:४१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा रात्रिकालिन(नाइट) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ को आयोजनामा वडाध्यक्ष रात्रिकालिन क्रिकेट प्रतियोगिता गर्न लागिएको हो। 

असोज २५ गतेबाट सुरु हुने क्रिक्रेट प्रतियोगितामा १० टिमबीच प्रतिस्पर्धा गराइनेछ। खेल  १० ओभरको हुनेछ। टिम दर्ता गराउने अन्तिम मिति असोज २३ गते साँझ ५ बजेसम्म रहेको आयोजक समितिका सदस्य रमेश चन्दले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै उपविजेता टिमले ४४ हजार ४ सय ४४ नगदसहित ट्रफि र प्रमाणपत्र पाउने छन्।

कमेन्ट लोड गर्नुस