सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा १८६ जनामा कोरोना सङ्क्रमण

२०७८ असोज १८, १०:३० रासस

विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना सङ्क्रमण भएको छ। आठ सय २६ जनाको पिसिआर परीक्षण गर्दा १३९ र २३८  जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४ मध्ये विराटनगरमा २८, सुनसरीमा २४, उदयपुरमा दुई, पाँचथर, ताप्लेजुङ, र धनकुटामा एक–एकजनामा सङ्क्रममण देखिएको हो। प्रदेशमा आजै १८७ महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस