सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमण दर १८ प्रतिशत

२०७८ असोज १८, ०८:०८ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो। देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन्। नेपालमा सङ्क्रमण दर १८।८ प्रतिशत छ। 

पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन्। मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन्। आज एक हजारले सङ्क्रमण जितेका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।५ प्रतिशत छ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ। हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन्। कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन्। अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस