सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनसिप:नेपालले आज श्रीलंकासँग खेल्दै

। फोटो स्रोत ।
२०७८ असोज १८, ०८:११ खबर संवाददाता

काठमाण्डौंः माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ। मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९ः४५ बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो। श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ।

श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १–० ले नै पारजित भएको थियो। त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ।

नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताए। श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै हो। उनले आइतबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए।

यस्तै अबदुल्लाहले श्रीलंकालाई सहज रुपमा नलिने पनि बताएका छन्। श्रीलंकालाई हराउन ९० मिनेट राम्रो खेल्नुपर्ने र जित्ने लक्ष्यका साथ खेल्नुपर्ने बताए।

‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। सजिलो हुनेछैन। हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरू ट्याकलमा आक्रामक छन्। तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं।’

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन्। ‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौं। हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौ,’ कप्तान किरणले भनेका छन्।

नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो। विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो।

पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण रहेको छ। आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ। भारत र बंगलादेशबीच खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
 

कमेन्ट लोड गर्नुस