सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीमा पाँच लाखको क्षति

२०७५ मंसिर २५, ०७:३९

बाजुराको बडिमालिका नगरपालिका–९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबारको क्षति भएको छ । सोमबार राति ११ बजे घरमा विद्युत्को तार सट भई आगलागी भएको हनुसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको तर मानवीय क्षति नभएको प्रहरीले बताएको छ । माथिल्लो तलामा दाउरा राखेकोले सबै दाउरा क्षति भएको बताइएको छ । 
घरमा जिल्लाको त्रिवेणी नगरपालिका घरभएकी राइकला बुढा भाडामा बस्ने गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । बुढा सदरमुकाम मार्तडीमा होटेल सञ्चालन गर्दै आएका छन् । घरधनी देवबहादुर लोहारको परिवार भने हाल कञ्चनपुरको सिसैयामा बस्ने गरेको उनका आफन्त गम विश्वकर्माले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा राति नै आगो नियन्त्रणमा आइसकेको छ ।

कमेन्ट लोड गर्नुस