सुदूर नेपाललाई विश्वसँग जोड्दै

३५ लाखको लगानीमा फिटनेश सेन्टर

२०७५ मंसिर २४, ०७:०८

वैदेशिक रोजगारीमा रहेका एक युवकले फर्किएर धनगढीमा फिटनेस सेन्टर सञ्चालन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा स्थानीय मोहन तामाङले फारवेश्ट फिटनेश सेन्टर सञ्चालन गरेका हुन्। सेन्टरको सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले उद्घाटन गरे। वैदेशीक रोजगारीका लागि ६ बर्ष युएईको दुवइ बसेका तामाङले ३५ लाखको लगानीमा फिटनेस सेन्टर सञ्चालन गरेका हुन। धनगढीमा नयाँ प्रविधि सहितको फिटनेश सेन्टरको आवश्यक भएकाले यो व्यवसाय सुरु गरेको तामाङले बताए।
 

कमेन्ट लोड गर्नुस