सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ साउन १७, ०८:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका–३ भाँसी स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्दसहित ८ जना पक्राउ परेका हुन्। उनी हरुलाई शनिबार दिउँसो जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद १ लाख ६१ हजार नौ सय चालिस र ४ गड्डी ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस