सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेलफोन

२०७८ असोज १३, ०५:१६

यज्ञ राज गिरी 

आइसिटी,  तिमीले जन्माएको  तिम्रो  सन्तान  हामी  मानवको लागि वरदान कि अभिसाप ? म कन्फ्युजमा छु।  न अभिसाप नै भन्नसके न वरदान नै।  अभिसाप कसरी भनु, मेरो  बाजेको पालामा मान्छे बिरामी छ बोकेर अस्पताल लैजाउ भन्ने खबर पु र्‍ याउन हिँडेको मान्छे खबर भनेर नफर्किदै मलामीहरु घाटबाट फर्किसकेका हुन्थे। विवाहमा भोजखान दिएको  निम्तो,  दुलाहदुलहीको छोराछोरीको न्वारनमा पुग्थ्यो। मान्छे स्वर्गिय हुँदा छाक बार्न भनि पठाइएको  सन्देश बर्खी सकिएपछि पुग्थ्यो। यस्ता कैयौं उदाहरण छन मसँग  लेखेर साध्य  छैन। तर जब तिम्रो जन्म भयो  र न्वारन गरियो  सेलफोन भनेर, कैयौं उपनाम पनि राखिए तिम्रा।  धनीहरुले  प्रयोग  गर्दा आइफोन बन्यौ अरुसँग सेलफोन अनि स्मार्टफोन  बजारभरी तिम्रै जनसंख्या  बढ्यो।  मान्छे  भन्दा कैयौं गुणा दोब्बर। अफिसको  लागि एउटा, घरको लागि एउटा अनि जिएफ र बिएफको लागि एउटा अनि भएनाै‌ त दोब्बर !

घर–घरमा झगडा सुरु हुन थाल्यो तिम्रै कारण। जेनतेन विदेशमा पसिना र ज्यानसँग  लड्दै मरेर कमाएको महिनाको बिस हजार तलब  दाईले  घरमा पठाउछन्  भन्छन, ‘बाबा राम्ररी  मनाउनु दशै आमाको लागि लुगा ल्याइदिनु अनि एक छाक भएनि मिठो मसिनो  खानु, भाई र बहिनीलाई राम्रो लुगा र  कापिकलम ल्याइदिनु। आमालाई ज्वरो आएकोछ नभन्नु।’ साँझको समय हुन्छ,  बुवा बजारबाट घर फर्किन्छन्, मेलापात गरेर थाकेकी आमाको पहिलो प्रश्न हुन्छ छोराले फोन गर्यो कि भिमे का बा ?  बा’ले टाउको  हल्लाउँछन र सहमति  दिन्छन् र भन्छन ‘पैसापनि पठाएको छ बीस हजार।’ 

आमाले पैसा भन्दानी सञ्चो  बिसंन्चो के छ भनि सोध्छिन्। ‘ज्वरोले समातेको  छ भन्दैथ्यो’, बुवाले मनमा राख्न सकेनन र भनिहाले।  ठिक भइहाल्छ पिर नलिनु भन्दिनु आमालाई भन्दैथ्यो। भान्सामा खाना पाकिसकेको छ तर आमालाई खान मन लाग्दैन छोराको पिरले। ‘भिमेका बा....! एक चोटी  फोन लगाइदिनु  भिमेलाई।’ बा ले नम्बर डायल गर्छन्, फोनको  घण्टी जान्छ तर उठ्दैन। आमालाई  मनभरी पिर बढ्छ। आमाले अरु सबैलाई खाना पस्किन्छिन् र दिन्छिन् तर आफु भने निधारमा  हात राख्दै टोलाउँछिन।   

हामीसँगै  बसेर खाना खाँदै थिए। आमा भने अँगेनाको कुनामा बसेर छोराको  माया मनभरी  खेलाउदै थिइन्।  केही छिनमा फोनको  घण्टी  बज्छ  बाले  मैलो  र पुरानो  जकेटको खल्तीबाट  फोन झिक्छन् र बोल्छन , ‘हलो को भिमे हो ..?  अँ भन बाबु तेरो  आमाले बोल्ने रे  तसँग।’  आमाले फोन समात्छिन्  र भन्छिन् “बाबु तँलाई  कस्तो  छ ज्वरो  ठिक भयो  कि नाई।’ 

दाईले  आमालाई आफु ठिक भएको  खबर जब बताउँछ तब मात्र आमाले खाना खाने मन गर्छिन् यसैलाई भनिन्छ, मदर लभ। एकै छिनमा बहिनीको प्रस्ताव आउँछ आमालाई  ‘आमा अनलाइन  क्लास पढाई हुने भन्याछन् सरले मोबाइल  किन्नुपर्ने।’  मेरो  पनि त्यहिँ प्रस्ताव  जान्छ, ‘बाबालाई  मलाई  पनि अनलाइन  क्लासको लागि फोन चाहिन्छ बाबा।’  विदेशबाट  दाईले जेनतेन पठाएको  बिस हजारमध्ये  लुगाफाटो, कापिकलम र दशैं खर्च  सबै मिलाउनु छ।  छोराछोरीका लागि फोन, बुवाआमालाई  साहृै पीर बढ्छ।  

बुवाआमाले छोराछोरीको पढाइनै ठुलो हो सम्झिन्छन र अरु केही  खर्च नगरी दश/दश हजारका दुईवटा सेलफोन ल्याइदिन्छन् बजारबाट। अब बुवाआमा ढुक्क छन् छोराछोरी  मोबाइल बाट  पढ्छन् भनेर। एक महिना जति अलिअलि  पढियो होला  पछि साथीको संगतमा लागिहाले म अनि बहिनीको पनि कुरा बेग्लै छ। फेसबुक र टिकटक दुवै अकाउन्ट  बनाउनु भ्याए छ बहिनीले। अरुबेला आमाबुवालाई काममा सघाउने हामी अब झर्केर रिसाउनु  थाल्यौं। जतिबेला पनि फोनचार्ज मै हुन्यो र फोनमा रिचार्ज टन्न चाहिथ्यो। बरु खाना नभए हुने। सोझा आमाबुवालाई जसरी  ढाट्न  पनि मिल्ने  अनलाइन  क्लासको लागि भन्दै  पैसा मागिन्थ्यो फोन रिजार्जमै सकाइन्थ्यो। 

उता बहिनीको अनलाइन क्लास पनि  बेग्लै  थियो। ऐना हेरिहेरी लिप्सिङ दिँदै थिइन घरी क्यामेराका ट्रेन्डिङ इफेक्ट र फिल्टर मिलाएर टिकटक बनाउदै  थिइन्।  हामी दाईबहिनीको कम्पेटिसन छ रिजार्ज सकाउनमा। कतिखेर बाबा आमालाई  पनि दादासँग भिडियोकल गराइदिन्थ्या।ै यो पनि माया दर्शाउन हैन कि बा आमालाई  बिश्वास दिलाउन, उहिँ रिचार्डकार्ड क्या ! 

जंगलबाट सित्तैमा  पाइने घाँस ल्याएर भैंसीपाल्न गाह्रो लाग्ने मेरी आमालाई छोराछोरीका दुई–दुई  वटा फोन पाल्न कम्ता गाह्रो नभाको होला। तर पनि आमाको मन चुपचाप  थियोे।  यो अनलाइन  क्लासको निहुँमा जन्मेका झगडका थप नयाँ बिरुवा हुन्। पहिलेपहिले स्वर्गझै लाग्ने मेरो घर अहिले भने बिपक्षी  दलसँगको चुनावी  माहोल जस्तै  बनेको  छ। 

माहोल झनझन आगोमा तेल थपेझै हुनथाल्यो। बिहान सबेरै उठेर आमालाई काममा सघाउने  मेरी  बहिनीको कोठाको  चुकुल आठ नबज्दा कहिल्यै  खुलेन। छोरा मान्छे  भनेर घमण्डी बनेको  म  दश नबज्दासम्म कोठाबाट  कहिल्यै निस्केन। यी सबै  पीडा  बेहोस  बिरामीका  चोट झै सहिरहिन् आमाले।  उता बहिनीलाई  हजारौं  नयाँ  साथीका फेन्ड रिक्वयस्ट आउन थाले, च्याट सुरु भयो, च्याट फोनकलमा पुग्यो फोनकलले भेट्ने मिति जुरायो। 

बहिनीको सुन्दरतामा सबैका नजर लाग्यो। पढ्नमा टप हुने मेरी बहिनी अब फोनकलमा टप हुन थालिन्। यता मेरो पनि कम थिएन चाला। एउटा नयाँ फोन चलाउन पाए हुन्थ्यो  जस्तो लाग्यो घरमा बाबा लाई ढाँट्न मन लागेर भने,  ‘बाबा यसमा फोरजी चलेन मलाई  अर्को फोन किन्नु पर्ने। ’  कहाँबाट  किनुन बिचरा बाबा सुको नभएको बेला तर बुद्धि  बिर्सेको म घरमा सताई रहे।  मेरो विगत मलाई थाहा छ तर पनि घरमा जिद्दी गरेर,  झगडा गरेर खाना नखाई, स्कुल नगई घरका भाडाकँुडा यत्रत्यत्र फाली, आमाको माया र बुवाको कर्तव्य नबुझी, बहिनीको पीडा र दाईको दुःख नबुझी घरमा झगडा गरिरहे खानै खाइन तिन चार दिन। 

आमाको माया हो, मनले मानेन होला ऋण लिएर  मलाई  पन्ध्र  हजार पर्ने  फोन ल्याइदिनुभयो बाबालाई  भनेर। अब म भए नयाँ  स्मार्टफोनको  मालिक। त्यही स्मार्टफोनलाई आफ्नो  दैनिकी  सुम्पिए। केही  दिन खाना खाने फुर्सद नै भएन मान्नुस म ठुलै कम्पनीको  सञ्चालक हो। कैयौं मिटिङ एटेन्ड गर्नु छ।  म त्यसमा डिजाइन गरिरहेको छु, कैयांै प्लान र फरम्याट। 

घरकाले सोचे होलान् छोरो ठुलै मान्छे बन्छ। खाना खानेसम्म फुर्सदमा  छैन तर मेरो पारा बेग्लै। मैले कुनै कम्पनीको  सिइओ बनेर कुनै प्लान र फरम्याट तयार पार्नु थिएन। थियो त केबल  फ्रिफायर र पब्जी गेम कसरी जित्ने। त्यसकै रणनीति मनभरी घुमाई रहन्थे।  पहिले अनुशासित र पढाइमा  अब्बल  म  अब भने  स्कुल र कलेजका दिनहरु  चिया र चुरोटमै बिताउन थाले।  सर म्यामहरुले  सम्झाउन खोजे। गाला फुट्ने गरी रिस पोख्न मन लाग्थ्यो तर रिस प्रकट गरिन, मनभित्रै राखे। सम्झाउन खोजे झम्काउन मन लाग्ने, हरेक दिन नयाँ साथीसँगको भेटघाट नयाँ नसालु पदार्थको सुरुवातले दिमाग मात्र हैन शरिर पनि सुक्दै  गयो। 

समाजमा हाम्रो  बारेमा  सबैले  कुरा काट्न थाले।  पानी पँधेरामा हाम्रै कुराले चर्चा  पायो।  बहिनी  टिकटकवाली  भनेर चिनिइन, टिकटकभरी उनलाई  गरिएका नराम्रा  कमेन्टले पनि चर्चा  पायो। यहीँ पीरले बाबाले रक्सी खान थाल्नुभयो।  स्वर्ग  जस्तो  मेरो  घर उजाड  मरुभूमि बन्यो। 

सोचेँ यसकै कारण आज हाम्रो घर  यहाँसम्म पुग्यो।   दुनियाको शक्तिशाली उपकरण छ यो फोन पनि। थरीथरीका मान्छेको तन र मन बसमा पारेको छ। सुखमा तिमी अनि दुःखमा तिमी।  कैयौ सम्बन्ध गाँसिएका छन् तिमीसँग।  निद हराउदा तिमी आउँछौ  अनि  दिन हराउँदा  तिमी।  तर तिमी  त्यतिमा सिमित रहेनौ।  फेसबुकको कुनाकुना हेर्दै  गए  के–के देखिन्छन्।  केही बुझे, केही बुझ्न बाँकी।   सदुपयोग  गरे यो हुलाकी  दाई हो नत्र बुलाकी दाइ ! 

चित्त नदुखाउनु मैले हुलाकी दाई यसरी भने देश विदेशमा जे हुँदैछ  छिनभरमै हात–हात सम्म पुर्‍याउँछ।   र, बुलाकी दाई यसरी कि फेसबुककै भरमा अन्जान व्यक्तिका बुलाकी उडाईरहन्छ।  अनेक थरिका एप्लिकेसन बने, प्रयोग गरी  नराम्रा  राम्रा देखिन्छन्,  राम्रा नराम्रा बुढो अनुहार बालक देखिन्छ अनि बालक बुढो।  कानले सुन्न भ्याएका समाचार पनि  तैले सुनाईस  नसक्ने  पनि सुनाइस। आँखाले हेर्नसक्ने समाचार पनि तैले देखाईस।  नसक्ने  पनि हेर्न बाध्य बनाइस।  भरबिनाको  खेती  हुन थाल्यो यसमा। मि युज गरिरहेका छौ हामीले  यसको। अब मलाई  फिल भयो  कि यो सब  बहिनी  र मेरो  कारणले  भएको हो। 

बदलिनुपर्छ अब केही गर्नुपर्छ बहिनीलाई पनि सम्झाए हाम्रो  कारणले  घर बिग्रेकोमा।  अटेर गर्दै  थिइन् बहिनीले, ‘तँ सुध्रिनु  पहिला मलाई  नसम्झा’ भनेर। बहिनीको फोनमा घण्टी बज्छ उ बाहिर जान्छे र मस्किदै कुरा गर्छे।  खै के प्लान गरी  एक्कासि  बजार जाने तयारी  गर्न थाली। सोधे, ‘बहिनी के काममा जान लागेकी ?’ झर्केर बोली ‘जा गएनी तँ जड्याहालाई के मतलब।’

रिसको सिमा नाघ्यो, गालामा एक चड्कन बजाए  र फोन खोसे।  ‘ल जा, जा गएनी’ भनेपछि उनी सुुक्कसुक्क रुदै कोठमा बसिन्। म बाहिर निस्के एकैछिनमा उ पनि बाहिर आई  आँखामा  लगाएको  गाँजलु पखालेर र भनी ‘सरी दादा।’ मैले बहिनी र मेरो फोन बाबालाई  बुझाए। आजदेखि रक्सी  नखाने  प्रण गराएर। म फेरि मेरो घर पुरानै स्वर्ग  बनाउन चाहन्थे, जहाँ एक सरो लुगा र ढुटो माटोमै आनन्द  थियो। म मेरी बहिनीलाई यति  माया दिन चाहन्छु कि हजारौं  चोटहरु एक पलमै बिर्सन  सकोस। माफि माग्न चाहन्छु  मेरी  प्यारी  बहिनी सँग एउटा नारीमाथि  हात उठाएकोमा।

  म मेरो  बाबाआमासँग  यति  प्रमिस गर्छु कि बैनी र मैले हजुरलाई खुसी दिन त सकेन तर अबबाट आँखामा आँसु झर्न  दिने छैन।  म बाबाआमालाई  पुरानै  खुसीमा फर्काउने छु। सानो परिवार, मिलेको  परिवार, सहयोगी  तथा असल परिवारका सुखी र खुसी  सन्तान भएर  मनाउने  छौं। हरेक दिन चाडपर्व झै हुनेछन् अब। 

प्रविधिको सदुपयोग गरौ दुरुपयोग हैन !

कमेन्ट लोड गर्नुस