सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा सदस्यको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असोज १०, ०६:३८ खबर संवाददाता

धनगढीः बैतडीमा मोटरसाइकलबाट खसेर आइतबार एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ कुलाउबाट आम्चोरा जाने क्रममा आज दिउँसो मोटरसाइकलबाट खसेर पञ्चेश्वर-३की ५० वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको हो। 

पञ्चेश्वर-१का वडा सदस्य परमल घटालले चलाईरहेको सु.प.प्र ०१००३ प २६६१ नम्बरको  मोटरसाइकल पछाडी बसेकी साउँद खसेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। 

कमेन्ट लोड गर्नुस