धनगढी– राजघाट जोड्ने पुलको ५ बर्ष हुन लागेपछि पिल्लर र वीम निर्माण
आशै आशामा वसेका वासिन्दाहरुमा जेठभित्रै सम्पन्न हुनेमा आशंका
तीन बर्षमा सम्पन्न हुनुपर्ने धनगढी– राजघाट जोड्ने पुलको ५ बर्ष हुन लागेपछि पिल्लर र वीम निर्माण भएको छ । तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले ५ बर्ष हुन लागेपछि पुलका लागि आवश्यक जग निर्माण गरेको हो । केही बर्षदेखि काममा ढिलाई भईरहेको अवस्थामा अहिले आएर निर्माणको काम भईरहेको छ । आर्थिक अभाव नभएमा अव भने जेठ भित्रै पुल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ । पटक पटक आश्वासन दिएर पनि काम नगरेका कारण दुवै जिल्लाका स्थानीय वासिन्दाहरुले भने यो बर्षभित्र पुल निर्माण हुनेमा आशंका व्यक्त गरेका छन् ।
केएस एडभेन्चर जेभीले ३ वर्षमा सम्पन्न गराउने गरी काम थालेको धनगढी राजघाट जोड्ने मोहना नदीको पुल ५ बर्ष हुन लाग्दा त्यसको जगका लागि आवश्यक निर्माणको काम सुरु गरिएको छ । नदीको वहावलाई मोडेर तीन वटा स्पाम निर्माण गरिएका छन भने एउटा स्पामको माथि आवश्यक संरचना निर्माणको काम भईरहेको छ । पुलको ढाँचाको योजना पनि स्वीकृत भएर आएपछि निर्माणको काम थालेको केएस एडभेन्चर जेभीका सञ्चालक चन्द्र शेखर मल्लले बताए ।
२०७१ सालदेखि निर्माण थालेको धनगढीलाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको पुल निर्माणको जगका लागि आवश्यक संरचना निर्माणको काम अगाडी वढिरहेका वेला स्थानीय वासिन्दाहरुले भने समयमै पुल निर्माण हुनेमा ढुक्क छैनन् । पटक पटक झुटो आश्वासन दिएर निर्माण कम्पनीले ठग्दै आएकोले चालु आर्थिक बर्षभित्रै निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् । तर निर्माण कम्पनीले आर्थिक अभाव नभएमा भने यसपाली निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीको भनाई छ । तर पुल निर्माणका लागि १८ लाख मात्रै बजेट आएकोले सो रकमबाट पुल निर्माण नसकिने भएकोले बजेट वढाउन निर्माण व्यवसायीले माग गरेका छन् । निर्माण व्यवसायी चन्द्रशेखर मल्ल आवश्यक सवै सामाग्री राखिसकिएको र अव वजेट मात्रै अभाव भएकोले त्यो समस्या नआएमा काम सक्ने दावी गर्छन् ।
पटक पटक निर्माण कम्पनीलाई म्याद थपिदै आएकोमा अहिले पनि असारसम्म म्याद थपको लागि निवेदन काठमाण्डौं पठाईएको छ । डिभिजन सडक कार्यालयले यसअघि निर्माणलाई तिव्रता दिन नसक्दा पनि उन्मुक्ती दिईदै आएकोमा फेरि पनि प्रवृति उस्तै छ । तर अव भने निर्माण कार्यलाई तिव्रताका साथ लैजान निर्देशन दिएर पुल निर्माणको काम भईरहेको कार्यालयका ईन्जिनियर रामचन्द्र जैसीले जानकारी दिए ।