फूलवारी बुहुमुखी क्याम्पसको कैलारीमा अन्तरक्रिया सम्पन्न
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको फूलवारी बहुमुखी क्याम्पसले कैलारी गाउँपालिका वडा नम्बर १ र ४ मा अन्तरक्रिया सम्पन्न भएको छ। कैलारीको दिपेन्द्र माध्यमिक विद्यालयमा भएको कार्यक्रममा स्थानीय शिक्षाप्रेमी, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधी र सर्वसाधारणको उपस्थिति रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले बताए।
प्रस्तावित हसुलिया क्याम्पस समितिका अध्यक्ष ओमकार महतो, वडा नम्बर १ का अध्यक्ष बालकृष्ण डगौरा, दिपेन्द्र माध्यमिक विद्यालयका अध्यक्ष वीरबहादुर चौधरी, प्राचार्य बिनोद भट्टराई, कैलारी गाउँपालिकाका कार्यालय सदस्य राजेश सुनारले हसुलियामा पनि क्याम्पस खोल्ने तयारी भइरहेको र क्याम्पस नखुल्दासम्म अवश्यक सहयोग आफ्नो क्षेत्रबाट हुने प्रतिवद्धता जनाएको अध्यक्ष बस्नेतले जानकारी गराए।
फूलवारी बहुमुखी क्याम्पसलाई समुदायबाट प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ दस वर्षे योजना बनाएर क्याम्पसको उन्नयन गर्ने लक्ष्य राखिएको क्याम्पसले जनाएको छ।