सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बिहिबार थप ४६ जनामा कोरोना पुष्टि

२०७८ असोज ७, ०५:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा बिहिबार थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४१ जनाको परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना संक्रमित पाइएका छन् भने, ९ सय २४ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८९ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेल्धुरा अस्पतालमा १४ जनाको परीक्षण गर्दा २ जनामा र  बैतडी अस्पतालमा १४ जनाको नमूना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ४० हजार ३ सय ५८ जनाको नमूना परीक्षण भएकोमा ४७ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ९१ जनाले ज्यान गुमाएसकेको छन्।
 

कमेन्ट लोड गर्नुस