कैलालीमा वडा अध्यक्षको दम्भः ५ बर्षसम्म कसैले केही उखाड्न सक्दैन्, राज हाम्रै हो
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा विद्यालय व्यवस्थापन समितीको अध्यक्ष चयनको विवाद चर्किदै गएका वेला वडा अध्यक्ष जंगवहादुर विकले आफ्नो कसैले केही उखाड्न सक्दैन् भनेर दम्भ देखाएका छन् । अण्डैयाको मोहन्याल माध्यामिक विद्यालयको ब्यवस्थापन समितिको चयनको बिषयलाई लिएर नयाँ शक्ती नेपाल पार्टीका केन्द्रिय सदस्य खड्क सावद विरुद्ध प्रहरीमा वडा अध्यक्ष जंगबहादुर विकले मुद्दा दर्ता गराएका थिए । स्थानीय वासिन्दाले भने झुटो मुद्धा लगाएको भन्दै वडा कार्यालयमै तालावन्दी गरेका छन् । तर वडाध्यक्ष विकले भने आफ्नो पाँच बर्षसम्म राज भएको भन्दै कसैले केही गर्न नसक्ने अनि आफुलाई जिताएको नतिजा जनताले भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
स्थानीय हिमाल साउँदले फेशवुकमा “माननिय व्यक्ती खडक सावदमाथि वडा अध्यक्षले लगाएको आरोप सरासर गलत हो, उहाँलाई तुरुन्त रिहा गर भन्दै आज पनि वडा कार्यालयमा वडाका बासिन्दाहरु एकजुट अनि वडा अध्यक्ष विरुद्ध आवाज उठाउदै” भनेर लेखेको स्टाटस र भिडियोमा वडाध्यक्ष विकले दम्भ देखाउँदै कसैले केही गर्न नसक्ने लेखेका हुन् । सो स्टाटसमा उनले कमेन्ट गर्दै भनेका छन्– कसैले केही घन्टा उखाड्न सक्दैन राज हाम्रो हो। जे गरे पनि हुन्छ। ५ बर्ष गल्ती गरिहाल्यौ। भोत अब। जनता लाटा छन हाहा ।
वडा अध्यक्ष जंगवहादुर विकले दलित भनेको भन्दै मुद्दा दिएपछि सहमतिका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाएर सावदलाई सामाजिक कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरे जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। सावदलाई झुट्टा मुद्दामा फसाईएको भन्दै गौगंगा नगरपालिकाको वडा नम्बर ५ को कार्यालयमा ताला लगाईएको छ। वडा अध्यक्षको वडा नम्बर ५ का स्थानीयले बिरोध गरिरहेका छन्। तर वडाध्यक्ष विकले आफ्नो फेवशुक आईडी नक्कली भएको कमेन्ट लेखेका छन । यदपि यो पत्ताउन सकिदैन किनकी उनले नक्कली भनेको फेशवुक आईडीवाट तनावमा भएकोले लेखेको भन्दै माफ समेत मागेका छन् ।